नयाँ वर्षमा होबार्टमा गुञ्जिने भयो नेपथ्य
पुस १, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली लोक रक ब्याण्ड ‘नेपथ्य’ गुञ्जिने भएको छ। नयाँ वर्षको अवसरमा २० जनवरीमा होबार्टमा नेपथ्यको सांगितिक साँझ आयोजना हुने भएको हो।
होबार्टको ओरियन थियटरमा २० जनवरीमा आयोजना हुने यस सांगीतिक कार्यक्रमलाई ‘नेपथ्य लाइभ इन होबार्ट’ टाइटल दिइएको छ। सम्सरा इभेन्टले आयोजना गरेको यो कार्यक्रमको बिएमडब्लु एजुकेसन कल्सलटेन्सी मुख्य प्रायोजक रहेको छ।
यसअघि नेपथ्यको २०१९ मा पनि होबार्टमा सांगीतिक कार्यक्रम आयोजना भएको थियो। उक्त कार्यक्रममा १५ सय बढी दर्शक उपस्थित भएका थिए। नेपथ्य नेपालको चर्चित ब्याण्डमध्ये एक हो। यसका देश विदेशमा ठूलो संख्यामा फ्यान रहेका छन्। अहिले नेपथ्यले नेपालमा मानव सेवाका लागि सांगितिक कार्यक्रम गरिरहेको छ।
‘नेपथ्य लाइभ इन होबार्ट’ कार्यक्रममा संगीत संवाद, केबिसी खबर र एमएनटिभी अनलाइन मिडिया पार्टनरको रूपमा रहेका छन्।