अर्जेन्टिना र फ्रान्सबिचको फाइनल खेल अतिरिक्त समयमा धकेलियो
पुस ३, काठमाडाैँ। फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि फाइनल खेल अतिरिक्त समयमा धकेलिएको हो।
खेलको पहिलो हाफमा अर्जेन्टिनाका लागि लियोनल मेसी र एंगल डिमारियाले गोल गर्दै सहज अग्रता दिलाएका थिए। तर, दोश्रो हाफमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गरेसँगै खेल बराबरीमा पुगेको हो।