फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप च्याम्पियन


पुस ३, काठमाडाैँ। अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको छ। फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो।

फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि फाइनल खेल अतिरिक्त समयमा धकेलिएको हो।

खेलको पहिलो हाफमा अर्जेन्टिनाका लागि लियोनल मेसी र एंगल डिमारियाले गोल गर्दै सहज अग्रता दिलाएका थिए। तर, दोश्रो हाफमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गरेसँगै खेल बराबरीमा पुगेको हो।

त्यस्तै, थप गरिएको समयको १०८ मिनेटमा मेसीले गोल गर्दा अर्जेन्टिनाले अग्रता बनाएको थियो। तर, ११८ मिनेटमा गोल गर्दै फ्रान्सका केलियन एम्बाप्पेले फ्रान्सलाइ खेलमा फर्काएका थिए।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज नायक साबित भए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?