एम्बाप्पेलाई गोल्डेन बुट


पुस ४, काठमाडौँ । कतार विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाए।

उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट पाएका हुन्। अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका थिए।

साथै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए भने ‘योङगेष्ट प्लेयर’ एन्जो फर्नान्डेज भए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?