सिड्नीमा गर्भवती महिलासहति ३ बालक बेपत्ता, चिन्तित अवस्थामा खोजी जारी
पुस ५, मेलबर्न अष्ट्रेलिया । सिड्नीको दक्षिणपश्चिमी इलाकाबाट एक गर्भवती महिला र उनका तीन छोराहरू बेपत्ता भएका छन्। अहिले प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ।
एलिजाबेथ हार्प्ले र उनका तीन छोराहरू आइतबार दिउँसो ३ बजे बेपत्ता भएको रिपोर्ट गरिएको थियो। उनीहरू अन्तिम पटक क्याम्पबेलटाउनको कोस्कीगाया पार्कमा दिउँसो २ बजे देखिएका थिए।
परिवार र प्रहरीले उनीहरूको सुरक्षाको लागि गम्भीर चासो राखेका छन्। हराएका बालकहरू औषधि आवश्यक पर्ने अवस्थामा रहेका कारण थप चिन्तित अवस्था देखिएको छ। उनीहरू ५-१० वर्षका रहेको बताइएको छ।
एलिजाबेथ धेरै गर्भवती छिन्। उनको मध्यम-लम्बाइ भएको सेतो र खैरो रंगको कपाल रहेको छ। उनी अन्तिम पटक जीन्स, कालो टी-शर्ट र कार्डिगन लगाएको देखिएकी थिइन्।
उनीहरु परिवारसँग परिचित ४९ वर्षीय पुरुषको साथमा रहेको प्रहरीले अनुमान गरेको छ। उनीहरू क्वीन्सल्याण्डमा दर्ता भएको 061 VKM नम्बरको रातो जीपमा यात्रा गरिरहेको हुन सक्ने अनुमान छ।
एलिजावेथसँगै हराका बालकहरूमा १० वर्षीय म्याथ्यु, ९ वर्षीय क्रिस्टोफर र ५ वर्षीय मिचेल रहेका छन्।
उनीहरू न्यु साउथ वेल्सकको क्याम्पबेलटाउन र वोलंगंग तथा क्वीन्सल्याण्डको पुलेनभेल क्षेत्रहरूमा बारम्बार गइराख्ने पाइएको छ।
प्रहरीले एलिजाबेथ वा बालबालिकालाई देख्ने जो कोहीलाई तुरुन्त ट्रिपल-० (०००) मा सम्पर्क गर्न आग्रह गरिरहेको छ।