ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ
पुस ११, एजेन्सी। चीनले ताइवान वरपर सप्ताहन्तको सैन्य अभ्यासमा ७१ वटा लडाकु विमानहरू तैनाथ गरेको ताइपेईको रक्षा मन्त्रालयले सोमबार जनाएको छ। दर्जनौं लडाकु विमान संलग्न भएको उक्त अभ्यासलाई अहिले सम्मकै ठूलो सैन्य तैनाथ बताइएको छ। चीनको पिपुल्स लिबरेसन आर्मीले संयुक्त राज्य अमेरिका र स्वशासित टापु बीचको अनिर्दिष्ट ‘उत्तेजना’ र ‘षडयन्त्र’को को जवाफमा आइतबार ‘आक्रमण अभ्यास’ गरेको जनाएको छ।
ती अभ्यासहरू सबैभन्दा ठूलो मध्ये एक भएको ताइवानको रक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ। ताइवानले ट्वीटरमा गरेको पोष्टमा ६० वटा लडाकु विमानहरूले अभ्यासमा भाग लिएका छन्, जसमा ६ वटा चीनका अत्याधुनिक एसयु–३० लडाकु विमानहरू छन्।