पुलबाट बस खस्दा ७ जनाको मृत्यु


पुस १२, एजेन्सी । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ।

उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो।

लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन्। खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

बस चालकको रक्सी र लागुऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन्। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?