भारतबाहिर पठानको आक्रामक बुकिङ


पुस १५, काठमाडाैँ। सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो। यो फिल्म बक्सअफिसमा फ्लप नै भयो। नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ। चार वर्षपछि दर्शकमाझ कमव्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्मको गीत रिलिज हुनासाथ विवादमा तानिएको छ। जसको चर्चा अहिले पनि बलिउडमा छ। तर, विवादका बाबजुद पनि यो फिल्म प्रति दर्शकको क्रेज घटेको छैन। यो फिल्मको भारत बाहिर बुकिङ आक्रामक छ।

जर्मनीमा फिल्मको बुकिङ २८ डिसेम्बरबाट सुरु भएको थिया। एक महिना अघिबाट नै बुकिङ खुलेपछि केही समयमा नै सबै टिकट बिकिसकेको छ। ‘पठान’को टिकट आक्रामक रुपमा बुकिङ भएपछि यो प्रतिक्षित फिल्म हो भन्ने प्रमाणित भएको छ।

जर्मनीको बर्लिन, एसेन, डेमटोर, हार्बर्ग, हनोवर, म्युनिख र अफेनबैकमा भएका थिएटरमा जनवरी २५ का लागि ‘पठान’को शो करिब करिब भरिएको छ।

भारतमा जनवरीको पहिलो साताबाट बुकिङ खुल्दैछ। सिद्धार्थ आनन्दको फिल्ममा भीएफएक्स र एक्सनको जबरदस्त संयोजन छ। फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?