इजरायलमा बेन्जामिन नेतान्याहुले लिए सपथ
पुस १६, एजेन्सी। इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन्। संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको सपथ लिएका हुन्।
नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा सपथ लिएका थिए। संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे। दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्।
नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ। इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो। तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन्।