अष्ट्रेलियामा नयाँ वर्षको दिन पौडी खेलिरहेका व्यक्तिको तालमा डुबेर मृत्यु


पुस १८, मेलबर्न अष्ट्रेलिया । भिक्टोरियन तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ।

मृतक व्यक्ति आइतबार जेरुसेलम क्रिक ट्र्याक नजिकैको इल्डन तालमा साथीहरूसँग पौडी खेलिरहेको प्रहरीले जनाएको छ। साँझ ४ः३० बजे उनि पानीमा नै बेपत्ता भएका थिए।

३४ वर्षीय व्यक्तिको उद्धार गर्न असम्भव भएपछि उनका साथिहरूले अलार्म बजाएका थिए। प्रहरीले रातभर खोजी गर्ने तयारी गरेता पनि खराब अवस्थाका कारण खोजी रोकिएको थियो। सोमबार बिहान पुनः खोजी सुरू गर्दा प्रहरीले बेपत्ता व्यक्तिको शव फेला पारेको थियो।

क्रिसमसको दिनदेखि भिक्टोरियन जलमार्गहरूमा १२० भन्दा बढी उद्धार गरिएको छ। प्रहरीले पानीमा खेल्दा ख्याल गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?