फ्रान्सको व्यंग्य प्रत्रिका चार्ली हेब्दोले खामेनीको कार्टुन प्रकशित गरेपछि तेहरानले दियो यस्तो चेतावनी


पुस २१, पेरिस । पत्रिका चार्ली हेब्दोले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चित्रण गर्ने कार्टुन प्रकाशित गरेपछि इरानले फ्रान्सलाई चेतावनी दिएको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले ट्वीटरमा फ्रान्सलाई निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।

‘धार्मिक र राजनीतिक अख्तियारविरुद्ध कार्टुन प्रकाशित गर्ने फ्रान्सेली प्रकाशनको अपमानजनक र अशोभनीय कार्य प्रभावकारी र निर्णायक प्रतिक्रिया बिना जानेछैन ’, ट्वीटमा भनिएको छ।

उनले अगाडि भनेका छन्, ‘हामी फ्रान्सेली सरकारलाई आफ्नो कार्पेटमा पाइला टेक्न दिनेछैनौं। उनीहरूले निश्चित रूपमा गलत बाटो रोजेका छन्। यसअघि हामीले यो प्रकाशनलाई प्रतिबन्धहरूको सूचीमा समावेश गरेका थियौँ।’

विवाद चर्किएपछि इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस विषयमा फ्रान्सेली राजदूत निकोलस रोचेलाई बोलाइएको जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?