मेक्सिकोमा लागुऔषध कारोबारी ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु


पुस २३, एजेन्सी । उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको, रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले जानकारी दिए।

मेक्सिकोका सुरक्षा बलहरूले जेलमा रहेका जोआकिन “एल चापो“ गुजमानका ३२ वर्षीय छोरा गुजमानलाई बिहीबार बिहानै पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको मृत्यु भएको बताए।

गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो। त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो।

मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई पक्राउ गरेको थियो।

“एल रटन“ (द माउस)उपनामले चिनिने ओभिडियो गुजम्यानलाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?