नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौँ इजरायली विरोध प्रदर्शनमा


पुस २४, एजेन्सी । इजरायली इतिहासमा सबैभन्दा दक्षिणपन्थी मानिने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौं इजरायलीहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले तेल अवीवको तटीय सहरमा ‘लोकतन्त्र खतरामा छ’ र ‘फासीवाद र रंगभेदको विरुद्धमा’ लगायतका नारा लगाएका प्लेकार्ड बोकेका थिए।

कोहीले इजरायली र इन्द्रेणी झण्डा फहराएका थिए भने अरूले ‘अपराध मन्त्री’ लेखिएको ठूलो ब्यानर बोकेका थिए। यो नारा विगतका वर्षहरूमा नेतन्याहुविरुद्ध नियमित प्रदर्शनको क्रममा इजरायलीहरूले व्यापक रूपमा प्रयोग गर्दथे। नोभेम्बर १ को निर्वाचनपछि नेतान्याहुले गठबन्धन सरकारको नेतृत्व गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?