इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
पुस २६, जकार्ता । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ।
भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइ) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ। भूकम्पले पुर्याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।
प्रभावितक्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ।