रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा


पुस २९, भैरहवा । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ। बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेको छ, तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेको अनुमान गरिएको छ।

गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन, अनुसन्धानको काम जारि रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ। घटना स्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। बढ्दो हुस्सुको कारण घटना स्थलतर्फ प्रहरी सोचे अनुरुप अनुसन्धान गर्न सकेको छैन।

केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?