काबुलमा भएको आत्मघाती हमलाको निन्दा


पुस ३०, न्युयोर्क । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ। ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने।

बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ। विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो। विस्फोटमा ४० जना घाइते भएका थिए। घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?