चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या


माघ ४, एजेन्सी । चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ। राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ। सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ। सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो।

जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ। चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्इा भएको देश हो। तर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?