९ वर्षपछि ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


माघ ११, काठमाडौँ । सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ बर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।को बा। ३ च। ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीका ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो ।

घटनापछि एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्की फरार रहेका थिए। उनलाई पक्राउ गरी प्रहरी वृत्त ठिमी भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेका भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?