धनुषामा हिरासत तोडेर ६ थुनुवा फरार
माघ १६, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन्। राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए
डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए। उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ।