श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ
माघ १८, काठमाडौँ । भेरी नगरपालिका–६ की भद्रकला कामीले लाठी प्रहार गरेर आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ।
३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ। भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरील जनाएको छ।
जाजरकोट प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए। उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो।
काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ। भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ।