नेपाललाई दोस्रो ओभरमै झट्का, आशिफ शेख आउट
फागुन २, काठमाडाैँ। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियासँगको खेलमा नेपालले दोस्रो ओभरमै एक विकेट गुमाएको छ।
नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा दोस्रो ओभरमै नेपालका आशिफ शेखलाई आउट भएका हुन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यो समाचार तयार पार्दासम्म ३ ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर ६ रन जोडेको छ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो।
नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो।
नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।