स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन
फागुन ३, काठमाडाैँ। स्कटल्यान्ड तीन खेलअगावै आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ।
तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेलगत्तै तीन खेलअगावै सात देश सम्मिलित लिग–२ च्याम्पियन बनेको हो। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन बनेको हो।
जसअनुसार ओमानले ४४ अंकले दोस्रो स्थानमा छ, तेस्रो स्थानमा रहेको नामिबियाको ३२ खेलबाट ३७ अक छ। बुधवार किर्तिपुरस्थित टियु मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो।
चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ। उता, पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्स (यूएई) ले २६ खेलबाट २७ र छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ। तालिकाको अन्तिमा पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोड्न सकेको छ।
लिगको शीर्ष तीन स्थानमा रहने टिमले यसै वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा सिधा प्रवेश पाउनेछन्।