शिवरात्रीको अघिल्लो दिन अष्ट्रेलियाको प्रसिद्ध हिन्दु मन्दिरका पुजारीलाई धम्की


फागुन ६, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको एक प्रसिद्ध हिन्दू मन्दिरका पुजारीलाई ई धम्कीपूर्ण फोन आएकाे छ।

ब्रिस्बेनस्थित गायत्री मन्दिरका पुजारी र ब्यवस्थापनका सदस्यहरू गत शुक्रबार यस्तो धम्कीपूर्ण फोन आएको हाे।

‘द अष्ट्रेलिया टुडे’का अनुसार ब्रिस्बेनस्थित गायत्री मन्दिरका अध्यक्ष जयराम र उपाध्यक्ष धर्मेश प्रसादलाई फोन गरी उक्त धम्की दिएका हुन। रिपोर्टका अनुसार ब्रिस्बेनस्थित गायत्री मन्दिरका अध्यक्ष जयरामलाई धम्की दिने व्यक्तिकाे दिएको चेतावनी सन्देशलाई उद्धृत गर्दै द अस्ट्रेलिया टुडेले उल्लेख गरेकाे छ, ‘मसँग खालिस्तानको बारेमा सन्देश छ। यदि तपाईं महाशिवरात्रि मनाउने योजनामा ​​हुनुहुन्छ भने पुजारीलाई खालिस्तानको समर्थन गर्न र कार्यक्रममा पाँच पटक ‘खालिस्तान जिन्दाबाद’ भन्ने नारा लगाउनुहोस्।’

सो धम्की पछि अध्यक्ष, पुजारी र भक्तजनहरुका बारेमा छलफल गरिएकाे छ र मन्दिरमा सुरक्षाा ब्यवस्था कडा पारिएकाे छ। उनीहरुका अनुसार यसरी फोन गर्ने ब्यक्तिले आफूलाई गुरुवदेश सिंह भनेर चिनाएका थिए।

यसअघि अष्ट्रेलियाका भिक्टोरिया प्रान्तमा ‘खलिस्तानी समर्थक’हरुले भारत विरोधी भित्ते चित्र बनाएर तीनवटा हिन्दू मन्दिरमा तोडफोड गरेका थिए। अष्ट्रेलियामा हिन्दूहरुलाई धम्की दिने गर्दै आएका छन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?