लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपले लिए दुई विकेट


फागुन ६, काठमाडाैँ। त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ।

नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन्।

पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ।

नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?