झापामा १५ वर्षीया किशोरी बलात्कृत, कन्काई-८ का बराइली पक्राउ


फागुन १२, झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?