पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत
फागुन १५, काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ। पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो।
यसअघि घरेलु मैदानमा नेपालले स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो। नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ। जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेको हो।
नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।