सामाजिक सञ्जालबाट अलग्गिने सेलेनाको घोषणा
फागुन १५, लसएञ्जल्स । हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजका हालका दिनमा चर्चामा छिन्। उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन्। उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन्।
उनले काइली जेनरलाई पछि यो मामलामा पछि पारेकी छन्। उनले इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन्।
सेलेनाको इन्स्टाग्राममा २ सय ८३ मिलियन फलोअर छन्। जबकी काइलीको इन्स्टामा ३ सय ८० मिलियन फलोअर छन्। सेलेनाअघि यो रेकर्ड काइलीको नाममा थियो।
यद्यपि यी सबै सफलताका बावजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन्। ‘म धेरै खुशी छु। म धन्य पनि छु। सारा विश्वमा मेरा राम्रा साथी र राम्रा फ्यान छन्। म यो भन्दा बढी खुशी हुन सक्दिनँ। म ठीक छु। म जस्तो छु, मलाई मनपर्छ। मलाई चिन्ता छैन’, उनले भनेकी छन्।
३० वर्षीया सेलेनाले आफू सामाजिक सञ्जालबाट टाढिन लागेको स्पष्ट पारेकी छन्। ‘म सामाजिक सञ्जालबाट टाढिँदैछु। किनकी यो थोरै मूर्खतापूर्ण हुन्छ। म ३० वर्षको भएँ। म तपाईंहरुलाई धेरै माया गर्छु। म चाँडै तपाईहरुलाई भेटन आउँदैछु। मलाई अहिले हरेक कुराबाट ब्रेक लिनुछ’, उनले भनेकी छन्।
सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पहिलोपटक होइन। उनले यसअघि पनि कैयौं पटक मानसिक स्वास्थ्यलाई हवाला दिँदै सामाजिक सञ्जालबाट ब्रेक लिईसकेकी छन्। सन् २०१४ मा गायिकाले आफूलाई बाइपोलर भएको खुलासा गरेकी थिइन्। यो डिप्रेसनभन्दा एक तहमाथि हुन्छ। यद्यपि उनले हार मानिनन् र यो मानसिक रोगसँग लामो समय लडिन्।