प्रहरीको भ्यानबाट फरार भएका बलात्कार आरोपी मुखिया पक्राउ
फागुन १७, काठमाडौँ । प्रहरीको भ्यानबाटै फरार भएका बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेका छन्। धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएका सबैला नगरपालिका–१३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेका हुन्।
मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। म्याद थपका क्रममा भ्यानबाट नजिकैको नहरमा हाम फालेर फरार भएका मुखिया यही फागुन ५ गते पक्राउ परेका थिए।
भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।