आईसीसी विश्वकप लिग-२ : पपुवान्युगिनीलाई नेपालले हरायो


फागुन १९, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ। नेपालले पपुवान्युगिनीविरुद्ध तीन विकेटको जित निकालेको हो। नेपालको जितका लागि आसिफ शेखको अर्धशतकीय योगदान रहयो। उहाँले १३० बल खेल्दै ८६ रन बनाए।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १८० रनको चुनौती दिएको थियो। १२ बल बाँकी हुँदा नेपाल तीन विकेटले विजयी भएको हो।

शुक्रबारको खेलमा सन्दीप लामिछाने र आसिफले कीर्तिमानी साझेदारी गरेका छन्। अविजित नरहँदै सन्दीपले ५० बलमा ३५ रन बनाए। अबिजित आसिफ र सन्दीपले १२१ रनको साझेदारी गर्नुभएको हो। यो खेलमा आसिफ म्यान अफ दि म्याच बने।

प्रारम्भिक ब्याट्सम्यान दोहोरो रन नजोड्दै आउट भएपछि नेपालको ब्याटिङ सुरुमै धरमराएको थियो। ओपनर कुशल भुर्तेललाई पहिलो बलमा गुमाएको नेपालका ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए।

नेपालका लागि कुशल मल्लले २६ बलमा २३ रन बनाए। अलराउन्डर कुशल मल्ल २३ रनमा आउट हुनुभयो। भिम सार्की र दीपेन्द्रसिंह ऐरीले आठ–आठ रन बनाए। कप्तान रोहित पौडेल र आरिफ शेखले एक–एक रन मात्र जोडे।

पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाएका थिए। त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाएका थिए। गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन जोडे। सेसे बाउ र कप्तान असद भालाले समान ११–११ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एकरएक विकेट हात पारे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?