आइसिसी विश्वकप लिग-२ : पीएनजी टस जितेर बलिङमा
फागुन २५, कामठाडौँ ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ। टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। खेल सुरु भएको छ।
यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो। पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ। नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ। दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनः हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्बजनिक गरिसकेको छ। सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।