नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती
फागुन २५, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको चुनौती दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको हो। यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो।
नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरे।