विश्वकप क्रिकेट लिग-२ : नेपाल र युएई भिड्दै, आजको खेल नेपाललाई जित्नै पर्ने दबाब
चैत २, काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ। त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ।
यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनस् युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ।
गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो। घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।
लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनस् युएईसँग भिडन लागेको हो।