नर्थन टेरिटोरीको राष्ट्रिय निकुञ्जमा फैलियो डँढेलो, १ लाख हेक्टर जमिनमा क्षति पुगेको अनुमान
चैत ९, मेलबर्न, अष्ट्रेलिया। एलिस स्प्रिंग्सको पश्चिममा पाँच ठूला डढेलो फैलिएका छन्। उक्त डँढेलो करिब १ लाख हेक्टर जमिनमा क्षति पुगेको अनुमान गरिएको छ।
वेस्ट म्याकडोनेल राष्ट्रिय निकुञ्जको लगभग २० प्रतिशत क्षेत्रफलमा डँढेलोले क्षति भएको तथा नर्वेइटोमा, ग्लेन हेलेन र अम्बुर्ला लगायतका पशु स्टेशनहरू आगोसँग लडिरहेको बताइएको छ।
अग्नि अनुसन्धानकर्ता डा रोहन फिशरले आगलागीबाट भएको क्षति राष्ट्रिय महत्वको रहेको बताएका छन्।
‘वेस्ट म्याकडोनेल क्षेत्रहरू जैविक विविधता र पर्यटनका लागि साँच्चै महत्त्वपूर्ण क्षेत्र हो। यस प्रकारका क्षेत्रमा आगोको यो क्षति दुखद छ,” उनले भनेका छन्।
यस क्षेत्रमा पछिल्लो ठूलो आगलागी सन् २०१९ मा भएको डा फिशरले बताएका छन्।
उनले सन् २०११ मा मध्य अष्ट्रेलियाको मरुभूमि क्षेत्रको ४ लाख हेक्टरभन्दा बढी क्षेत्र जलेको र २०२३ मा त्यो आगोको मौसम दोहोरिन सक्ने डर भएको बताएका छन्।
अहिले आगो प्रभावित सबै क्षेत्रहरू यो महिनाभरीका लागि बन्द गरिएको एक विज्ञप्तीमा उल्लेख गरिएको छ। अहिले डँढेलो नियन्त्रणका लागि विभिन्न प्रयासहरू भइरहेको पनि बताइएको छ।