अष्ट्रेलियन प्रहरीको वान्टेड सुचीमा रहेका व्यक्ति उबरबाट खाना अर्डर गर्दा समातिए
चैत १०, मेलबर्न, अष्ट्रेलिया । प्रहरीले तीव्र रूपमा खोजि गरिरहेका व्यक्ति ६ हप्तापछि पक्राउ परेका छन्। प्रहरीको वान्टेड सुचिमा रहेका उनी उबरबाट खानेकुरा अर्डर गरेपछि प्रहरीको फन्दामा परेका हुन्।
गत महिना पश्चिमी अष्ट्रेलियाको समुन्द्रमा एस्काइमा टाँसिएको फेला परेका तीन व्यक्तिको उद्धारबाट सुरु भएको अनुसन्धानमा मेट स्टिपिनोभिच पक्राउ पर्ने तेस्रो व्यक्ति हुन्।
प्रहरीले स्टिपिनोविच हिजो राति पछाडिको आँगनको स्पा मुनि “गोप्य डिब्बा” मा लुकेको फेला परेको जानकारी दिएको छ। उनी बन्दुकले भरिएको एक झोलाका साथ फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उनीहरूले डुबेको पोतमा ३६५ किलोग्राम कोकेन फेला पारेको आरोप लगाएको छ। उनीहरूले डुबेको नाटक गरेपछि उद्धार गर्दा उक्त तस्करी पत्ता लागेको बताइएको छ।
अष्ट्रेलियाको संघीय पुलिसले रातभर पर्थको दक्षिणमा रहेको घर घेरेको बताइएको छ। खोजतलास अधिकारीहरूले घरभित्र पस्न झ्याल तोडफोड गरेो जानकारी दिइएको छ।
३६ र ४५ वर्षका अन्य दुई जनालाई सीमा नियन्त्रित लागूऔषधको व्यावसायिक मात्रा आयात गरेको अभियोग लगाइएको छ।