लेबर पार्टीले जित्यो न्यु साउथ वेल्स चुनाव, क्रिस मिन्स राज्यको प्रिमियर बन्ने निश्चित


चैत्र ११, मेलबर्न, अष्ट्रेलिया । लेबर पार्टीले न्यु साउथ वेल्सको चुनाव जितेको छ । चुनावको परिणाम अनुसार अब लेबर पार्टीले बहुमतको सरकार समेत बनाउँनेछन्।

एबीसी चुनाव टिप्पणीकार एन्थोनी ग्रीनले लेबरले आफ्नै अधिकारमा शक्ति राख्नेमा उनी विश्वस्त भएको प्रतिक्रिया दिएका छन्।

यो समग्री तयार पार्दासम्म लेबरले ४६ सिट प्राप्त गरेको छ। बहुमतका लागि अब एक सिटमात्रै आवश्यक पर्दा गठबन्धनले हालसम्म जम्मा ९ सिट पाएको छ।

लेबर पार्टीको पक्षमा चुनावी नतिजा गएसँगै क्रिस मिन्स राज्यको ४७ औं प्रिमियर हुने निश्चित भएको छ। उनको पार्टीले न्यु साउथ वेल्समा चुनाव जितेसँगै डोमिनिक पेरोटेट र उनको गठबन्धन सरकारबाट बाहिरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?