ग्लोबल आईएमई बैंक लुट्ने तीन जनालाई डाँका मुद्दा
चैत १४, सिरहा । सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बि.क. र लहान १९ छपरारी का ४७ वर्षीय सत्य नारायन मण्डललाई पहरीले पक्राउ गरेको हो।
उनीहरूले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लादै गरेको नौं लाख रकम लुटपाट गरेको आरोप छ। प्रहरी सहित गएका ज। ६ प ८१८५ नम्वरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई रकम लुटिएका थिए।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहालगायत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिरहा सदरमुकामस्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ।
उनीहरूमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।