भुटानसँगको हारबाट जोगियो नेपाल


चैत १४, काठमाडौँ । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ।

नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए।

भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ। अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?