४ वर्षदेखी हराएका किशोरबारे जानकारी दिनेलाई ५ लाख डलर दिने क्वीन्सल्याण्ड प्रहरीको घोषणा
चैत १५, मेलबर्न, अष्ट्रेलिया। प्रहरीले वर्षौंको अनुसन्धानपछि क्वीन्सल्याण्डकी किशोर लिन्डेन मलायताको संदिग्ध हत्याको बारेमा जानकारी दिनेलाई ५ लाख डलर इनाम दिने घोषणा गरेको छ।
२०१९ मा टाउन्सभिलको दक्षिणमा रहेको आफ्नो गृहनगर आयरमा देखिँदा मलायता जम्मा १५ वर्षका थिए। उनी उक्त दिनदेखि बेपत्ता भएको बताइएको छ।
किशोर अझै जिवितै रहेक कसैलाई नभनी कतै नयाँ जीवन सुरु गर्न सक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ। त्यस्तै, उनलाई केही नराम्रो भएको हुनसक्ने सम्भावना पनि रहेकोमा उनीहरू शसंकित छन्।
यसअघि मलायता टाउन्सभिलमा देखिएको पुष्टि नभएको रिपोर्ट आएको थियो। तर, अधिकृत डेभ माइल्सले वास्तविकता केही पनि निश्चित हुन नसक्ने सम्भावना भएको बताएका छन्।
‘हामीले अहिलेसम्म फेला पारेका कुराहरूमा उनिसँग सम्पर्क भएको कसैलाई पहिचान गर्ने कुरा देखिएको छैन।’ उनले भनेका छन्।
माइल्सका अनुसार अपुष्ट दृश्यहरू बाहेक मलायटाले सोशल मिडिया प्रयोग गरेको रिपोर्ट पनि आएको थियो। तर, यसको पनि थप पुष्टि हुन भने सकेन।
मलायतालाई खैरो आँखा भएको आदिवासी भनेर वर्णन गरिएको छ र अन्तिम पटक रातो बेसबल टोपी लगाएको अवस्थामा देखिएका थिए। कसैलाई जानकारी भएमा तुरुन्तै प्रहरीलाई सम्पर्क गर्न प्रोत्साहित गरिएको छ।