सामान्य विवादमै साथीको हत्या गर्ने युवकलाई ब्रिस्बेनको अदालतले सुनायो ८ वर्ष जेल सजाय
चैत १६, मेलबर्न, अष्ट्रेलिया। ब्रिस्बेनको सर्वोच्च अदालतले २९ वर्षीय युनिभर्सिटी विद्यार्थीको मृत्यु भएको प्रकरणमा एक व्यक्तिलाई हत्याको आरोपमा दोषी ठहर गरेको छ।
ब्राजिलका इभान प्याट्रिसियो सुसिनको हत्या गरेको अभियोगमा ३२ वर्षीय रिकी केभिन लेफोलाई आठ वर्षको जेल सजाय सुनाइएको छ।
साथीहरूसँग बसिरहेको बेला एक रात लेफोले अक्टोबर २०१९ अक्टोबर १ तारिखमा बिहान १ बजे पछि गोल्ड कोस्ट कबाब पसल बाहिर सुसिनलाई मुक्का हानेका थिए।
मुक्का प्रहारबाट सुसिन लडे र टाउकोमा गम्भीर चोट लागेको थियो। उनी १० दिनसम्म अचेत अवस्थामै रहेका थिए।
मादक पदार्थ खाइरहेको अवस्थामा एउटा चिप्स समातेको विषयमा विवाद बढ्दै जाँदा घटना गम्भीर अवस्थामा पुगेको थियो। लेफोले घटनास्थल छोडेका थिए तर पछि सडकको अर्को छेउमा फर्किए।
क्राउन अभियोजक एलिजाबेथ केल्सोका अनुसार अचेत सुसिनलाई उक्त समयमा कसैले पनि सहयोगको प्रयास गरेका थिएनन्।
‘प्रहरीले पछि पक्राउ गर्दा लेफोले पनि कुनै पश्चाताप देखाएनन्।’ उनले भनिन्।
गत महिना लेफोको सर्वोच्च अदालतको मुद्दामा निर्णायकलाई सर्फर्स प्याराडाइज पसल बाहिरबाट लिइएको सिसिटिभी फुटेज देखाएको थियो। उक्त फुटेजमा सबै घटना विस्तृत रूपमा रेकर्ड गरिएको छ।
प्रधानन्यायाधीश हेलेन बोस्किलले मंगलबार सुसिनका आमाबाबु र उनकी बहिनीलाई भिडियो लिङ्क मार्फत हेर्दै लेफोलाई सजाय सुनाएका थिए।
उनले सिम्पसनले आक्रामक मूर्ख जस्तो व्यवहार गरेको र सुसिनका साथीहरूसँग झगडा गरेको बताइन्।
लेफो सन् २०२७ पछि मात्रै धराैटीमा रिहाइका लागि अपिल गर्न योग्य हुनेछन्।