अष्ट्रेलियामा नयाँ आदेश : बिदाको समयमा कामदारलाई नसोधी हाकिमले तालिका बनाउन नपाउने
चैत १८, मेलबर्न, अष्ट्रेलिया । नयाँ अदालतको आदेश अनुसार अष्ट्रेलियामा हामिकहरूले कामदारहरूलाई कामको तालिका बनाउनु अघि सार्वजनिक बिदामा काम गर्न चाहन्छन् कि चाहँदैनन् भनेर सोध्नुपर्ने भएको छ।
कर्मचारीको करारमा जे लेखिएको भएता पनि यो नियम महत्वपूर्ण हुने जानकारी दिइएको छ।
अष्ट्रेलियाको संघीय अदालतले खानी उत्खनन् कम्पनी बिएचपीले संघीय अदालतले आफ्ना कामदारहरूलाई क्रिसमस डे र बक्सिङ डेमा काम गर्न लगाएर कानून तोडेको फेला पारेपछि यो आदेश जारी गरेको हो।
डिसेम्बर २०१९ मा क्वीन्सल्याण्डको डाउनिया माइनमा ओएस एमक्याप(OS MCAP) ले कार्यरत ८५ कामदारहरूलाई कुनै अतिरिक्त भुक्तानी प्राप्त नगरी दुई सार्वजनिक बिदामा काम गर्न बाध्य पारेको भेटिएको थियो।
अदालतका तीन न्यायाधीशहरूले सार्वजनिक बिदामा काम गर्न मानिसहरूलाई आदेश दिनु रोजगारदाताले अनुचित व्यवहार भएको बताएका छन्।
न्यायाधीशहरूले फेयर वर्क ऐनले मालिकहरूलाई मात्र त्यस्ता दिनहरूमा काम गर्न अनुरोध गर्न अनुमति दिने तर काम गर्न बाध्य नपार्ने बताएका छन्।
यस निर्णयले विभिन्न समयमा काम गर्ने कर्मचारीहरू भएका कम्पनीहरूलाई असर गर्ने बताइएको छ।
खनन र ऊर्जा संघका अध्यक्ष टोनी महरले अष्ट्रेलियन फाइनान्सियल रिभ्युलाई सार्वजनिक बिदामा काम गर्ने उद्योगको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्।
‘खानी कम्पनीहरूले आफ्ना कामदारहरूलाई वर्षको महत्त्वपूर्ण समयमा आफ्ना प्रियजनहरूसँग समय बिदा लिन अनुमति दिन्थ्यो।’ उनले भनेका छन्।