अष्ट्रेलियामा भूकम्पको धक्का


चैत १९, मेलबर्न, अष्ट्रेलिया। एडिलेड र आसपासका क्षेत्रमा ३.० म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ।

आइतबार बिहान २ बजेर ४६ मिनेटमा भूकम्पको धक्का महशुस भएपनि स्थानीयले दिउँसो १२ः१५ मात्रै थापा पाएको छन्। राती महसुश नगरेका कारण भूगर्भ विभागले विज्ञप्ती जारी गरेपछि मात्रै यसबारे थाहा पाएका हुन्।

भूकम्पपछि सुनामीको खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  भूकम्पको झट्का मुख्यतया दक्षिण अस्ट्रेलियाको माउन्ट बार्करमा महशुस भएको बताइएको छ।

२३ किलोमिटर गहिराइ र -३५.०२ अक्षांश रहेको भूकम्पको धक्का ७८० भन्दा बढी बासिन्दाले महसुस गरेको जानकारी दिएका छन्।

अष्ट्रेलिया गत बुधबार पनि भूकम्पको धक्का महसुस भएको थियो। उक्त भूकम्पको केन्द्र भने वेस्टर्न अष्ट्रेलियामा रहेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?