सिड्नीमा आफ्नै बच्चालाई डुबाएर हत्या गर्ने प्रयास गरेको आरोपमा आमा पक्राउ
चैत २०, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा १० महिनाकी शिशुकी आमालाई आफ्नै बच्चाको हत्या प्रयास गरेको अभियोग लगाइएको छ। अस्पतालमा मृत्यु हुनुभन्दा अघि उनले शिशुलाई पानीमा डुबाएर हत्या गर्ने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ।
मार्च १९ मा वेस्टलेगको एउटा घरमा बच्चालाई डुबाउने प्रयास गरेको प्यारामेडिकहरूले थाहा पाएपछि साँझ ७ बजे उद्धार गरेको न्यु साउथ वेल्स प्रहरीले आरोप लगाएको छ।
त्यसपछि बच्चालाई वेस्टमीडको चिल्ड्रेन्स अस्पतालमा लगेर उपचारको लागि भर्ना गरिएको थियो।
मार्च २१ मा लगभग १२ः ३० बजे उत्तरी सिड्नीको एक घरमा आपतकालीन सेवाहरूलाई बोलाइएको थियो। त्यहाँ उनीहरूले सोही शिशु बेहोस अवस्थामा फेला पारेका थिए।
बच्चालाई फेरि घटनास्थलमा न्यु साउथ वेल्स एम्बुलेन्सद्वारा उपचार गरेपछि वेस्टमीडको चिल्ड्रेन्स अस्पतालमा लगियो।
२३ मार्चको लगभग २ बजे शिशुको अस्पतालमा मृत्यु भयो र सोही दिन उनकी आमाले पहिलो पटक अदालतको सामना गरिन्।
ती महिलालाई गिरफ्तार गरी हर्नस्बी पुलिस स्टेशनमा लगिएको थियो र हत्या प्रयासको दुईवटा मुद्दाको आरोप लगाइएको थियो
न्यु साउथ वेल्स प्रहरीका प्रवक्ताका अनुसार महिलाको आरोपलाई उनको अर्को पटक अदालतमा उपस्थित हुँदा हत्याको एक र हत्या प्रयासको एक आरोप लगाइने भएको छ।