क्वीन्सल्याण्डमा १६ वर्षीय किशोर कुटपिट र हत्या आरोपमा पक्राउ
चैत २२, मेलबर्न, अष्ट्रेलिया । क्वीन्सल्याण्डमा एक किशोरलाई केर्न्समा एक व्यक्तिको मृत्युको कारण र हत्याको आरोप लगाइएको छ। एक व्यक्तिलाई आक्रमण गरी सडकमा छोडिएको अवस्थामा गाडीले ठक्कर दिएर उनको मृत्यु भएको पुष्टि भएको छ।
मनुराका २१६ वर्षीय किशोरले शनिबार साँझ ७ः ४५ बजे अल्फ्रेड र मेयर्स सेन्ट्सको बिचमा ४८ वर्षीय मानिसलाई लेखेटेको प्रहरीले आरोप लगाएको छ। त्यसपछि किशोरले उक्त व्यक्तिलाई सडकमा धकेलेको र कुटपिट गरी बाटोकै सुताइ छोडिदिएको अभियोग लागेको छ।
केही समयपछि एक गाडीले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको पाइएको छ। प्यारामेडिकहरूले ती व्यक्तिलाई जीवित पार्ने प्रयास गरे तर केही समयपछि उनलाई मृत घोषित गरियो।
आरोपित किशोर र मृतकबिच एकअर्कामा चिनजान नभएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
गाडीका चालकलाई सोधपुछ गरिएको छ र पुलिससँग पूर्ण सहयोग गरिरहेको जनाइएको छ। उनिमाथि अहिलेसम्म कुनै अभियोग नलगाइएको जानकारी दिइएको छ।
किशोरलाई सोमबार पक्राउ गरिएको थियो। अदालतमा उपस्थित भएका उनीमाथि थप सोधपुछ जारी रहेको छ।