क्वीन्सल्याण्डबाट हराएकी ७८ वर्षीया महिलाको मृत्यु भएको प्रहरीको घोषणा, शव भने भेटिएन
चैत २९, मेलबर्न, अष्ट्रेलिया । प्रहरीले एक साताअघि बेपत्ता भएकी क्वीन्सल्याण्डकी महिला लेस्ली ट्रोटरको मृत्यु भएको फैसला गरेको छ।
७८ वर्षीया महिला बेपत्ता भएपछि परिवार र सरकारी अधिकारीहरूको संयुक्त पहलमा बृहत खोजी भएको थियो। उनको खोजीमा १३० भन्दा बढी प्रहरी र राज्य आपतकालीन सेवाका स्वयंसेवकहरू संलग्न भएका थिए।
क्वीन्सल्याण्डका प्रहरी डिटेक्टिभ सुपरिटेन्डेन्ट एन्ड्रयु म्यासिङ्घमले हिजो प्रहरीले ट्रोटरको मृत्यु भएको विश्वास गरेको छ।
यद्यपि, म्यासिङ्घमले उनको शव कहाँ छ भन्ने थाहा नभएको र उनको मृत्युको कारणबारे कुनै विवरण पत्ता नलागेको बताएका छन्।
‘दुर्भाग्यवश, हिजो दिउँसो र साँझ अबेरसम्मको अनुसन्धानले हामीलाई ट्रोटरको मृत्यु भएको निष्कर्षमा पुर्याएको छ।’ उनले भनेका छन्।
ट्रोटरको मृत्यु सोमबार अर्थात मार्च २७ र २८ को बीचमा भएको अनुमान गरिएको छ । ४० भन्दा बढी जासूसहरूले ७८ वर्षीयाको अपार्टमेन्ट कम्प्लेक्स र छिमेकी कम्प्लेक्स वरिपरि आफ्नो अनुसन्धान जारी राखेका छन्।
म्यासिङ्घमले ट्रोटर आफ्नो र छिमेकीको वरपरका घरहरूमा राखिएको बिनबाट काम लाग्ने सामानहरू निकाल्ने गरेको बताएका छन्। सोही कारण प्रहरीले बिन निकाल्न न र चलाउन प्रतिबन्ध लगाएको बताएको छ।