सिड्नीमा २१ वर्षीया नेपाली विद्यार्थीको मृत्यु


चैत २९, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा नेपाली विद्यार्थीको मृत्यु भएको छ।

सोमबार अर्थात् अप्रिल ११ तारिखमा आफ्नै कोठाको खाटबाट खसेर २१ वर्षीया नेपाली विद्यार्थीको मृत्यु भएको एनआरएन अष्ट्रेलियाले जानकारी दिएको छ। मृत्यु हुनेमा जेलुसा तेयुङ रहेकी छिन्।

उनीसँगै बस्ने अर्की नेपाली विद्यार्थीले दिएको जानकारी अनुसार मृतक बिहान करीब ७ बजेतिर एक्कासी खाटबाट खसेकी थिइन्। जानकारी दिएपछि घटनास्थलमा पुगेको प्रहरी र प्यारामेडिक्सको टोलीले उनको मृत्यु भएको घोषणा गरेको थियो।

उनको कसरी मृत्यु भयो भन्ने ठोस कारण पत्ता लागिनसकेको र अनुसन्धान जारी रहेको बताइएको छ।

मृतकका परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्ने भन्दै शव पठाउन अनुरोध गरेका छन्। मृतकको शव नेपाल पठाउन आवश्यक खर्च जुटाउनका लागि गोफन्डमी मार्फत सहयोग संकलन भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?