५० प्रतिशत मतभार नकटाउँदा वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने, संघईले उम्मेद्वारी फिर्ता लिए
चैत ३०, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वारहरुले ५० प्रतिशत मतभार कटाउन नसकेपछि पुनः प्रतिष्पर्धा हुने भएको छ ।
५० प्रतिशत मतभार कटाउन नसकेपछि वरिष्ठ उपाध्यक्षको दौडबाट रामचन्द्र संघईले पछि हटेका छन् । अब दोस्रो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वारद्वय अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको छ ।
बुधबार राति सम्पन्न निर्वाचनको मतपरिणाम बिहीबार दिउँसो सार्वजनिक भएको थियो । जस्मा ५० प्रतिशत मतभार कुनै पनि उम्मेद्वारले कटाउन सकेनन् ।
मतपरिणाममा ३०.४६ प्रतिशत मत पाएका संघई दोस्रो चरणको प्रतिष्पर्धामा सहभागी नहुने भएका छन् । यस्तै अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाएका छन् ।