१५ वर्षीया किशोरको आक्रमणबाट क्विन्सल्याण्डमा ३ प्रहरी अधिकारी घाइते
वैशाख २, मेलबर्न, अष्ट्रेलिया । एक किशोरीले कुटपिट गरेपछि तीन प्रहरी अधिकारीहरूलाई अस्पताल भर्ना गरिएको छ। झगडाको रिपोर्टको जवाफ दिने क्रममा किशोरीको कुटपिटबाट क्विन्सल्याण्डमा तीन प्रहरी अधिकारी घाइते भएका हुन्।
क्वीन्सल्याण्ड प्रहरीले उक्त आक्रमण शुक्रबार राति १० बजे ब्रॉडबिच नजिकै गोल्ड कोस्टमा भएको विवादका क्रममा भएको जानकारी दिएको छ।
झगडाका क्रममा ३९ वर्षीय पुरुषको अनुहारमा धेरै चोटपटक लागेपछि १५ वर्षीया युवतीलाई नियन्त्रणमा लिइएको छ।
तर किशोरीलाई गिरफ्तार गरिसकेपछि उनि विचलित भएकी थिइन्। उनले एक पुरुष सर्जेन्ट, एक पुरुष हवल्दार र एक महिला हवल्दारलाई आक्रमण गरेको प्रहरीले बताएको छ। उनको आक्रमणबाट प्रहरीहरूको अनुहार र शरीरमा चोट लागेको छ।
तीनै जना अधिकारीलाई उपचारका लागि पिण्डारा निजी अस्पताल लगिएको छ। किशोरीलाई प्रहरी अधिकारीलाई आक्रमण गरेको तीनवटा मुद्दामा अभियोग लगाइएको छ र पछिको मितिमा साउथपोर्ट बाल अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ।
झगडामा संलग्न भएको आरोपमा १४ देखि १६ वर्षका अन्य पाँच किशोरलाई युवा न्याय ऐन अन्तर्गत कारबाही गरिएको प्रहरीले जनाएको छ।