बाली घुमेर फर्किएको २४ घण्टामै अष्ट्रेलियन युवतीको मृत्यु


वैशाख ७, मेलबर्न, अष्ट्रेलिया । इन्डोनेसियाको बाली घुमेर फर्किएकी एक अष्ट्रेलियन युवतीको मृत्यु भएको छ। मृतकका परिवारले दिएको जानकारी अनुसार बालीबाट फर्किएको २४ घण्टामा नै उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा गोल्ड कोस्टकी २३ वर्षीया बेला फेड्लर रहेकी छिन्। उनलाई कोरोना संक्रमण भएको हुनसक्ने अनुमान पनि गरिएको छ।

उनले भर्खरै विश्वविद्यालयाबाट कानूनमा तथा सरकार र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी थिइन्। दुर्भाग्यवश, उनी आफ्नै दिक्षान्त समारोहमा सहभागी हुन भने सकिनन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?