अदालतमा ऐश्वर्या पुत्री आराध्याले दिइन् उजुरी


वैशाख ७, मुम्बई । विभिन्न सञ्चारमाध्यमले आफ्नो बारेमा गलत समाचार प्रवाह गरेको भन्दै अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनकी छोरी आराध्या उजुरी गर्न अदालत पुगेकी छन्। उनको स्वास्थ्य अवस्थालाई लिएर युट्युब च्यानलले अनेक किसिमका समाचार बनाउन थालेपछि त्यसको विरुद्ध उनी अदालत पुगेकी हुन्।

बच्चन परिवारले दिल्ली हाईकोर्टमा उजुरी दिएका छन्। आराध्याले युट्युब च्यानलविरुद्ध एक्सन लिने बताएकी छन्। परिवारले आराध्याको स्वास्थ्य अवस्था सामान्य भए पनि सञ्चारमाध्यमले उनका बारेमा नकारात्मक असर पर्ने किसिमको समाचार बनाएको आरोप लगाएका छन्।

उनको उजुरीविरुद्ध २० अप्रिलमा आज सुनुवाई हुँदैछ। न्यायाधीश सी हरिशंकरको िएकल इजलासले यो निवेदनमाथि सुनुवाई गर्नेछ।

अभिषेकले ११ वर्षकी छोरीमाथि हुने ट्रोलिङ र नकारात्मक खबरबारे यसअघि पटक पटक प्रतिक्रिया जनाइसकेका छन् । उनले आफ्नो छोरीमाथि हुने गरेको गलत खबर आफ्ना लागि असह्य हुने गरेको बताउँदै आएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?