बेपत्ता महिलाको शव खोज्न फोहोरको थुप्रो खोतल्दै अष्ट्रेलियन प्रहरी


वैशाख ७, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको प्रहरीले एक वृद्ध महिलाको शव फोहोरको थुप्रोमा खोज्न सुरू गरेको छ। गत महिना बेपत्ता भएकी लेस्ली ट्रोटरको खोजी गर्न ३ हजार टन फोहोरको थुप्रोमा प्रहरी परिचालन गरिएको हो।

टुवोङकी लेस्लीलाई उनको घर वरिपरी नै रहेको फोहोर फाल्ने बिनमा फालिइएको अनुमान गरिएको छ।

७८ वर्षीय वृद्धको शव खोज्न ब्रिसबेनको पश्चिममा रहेको स्वानबैंक नवीकरणीय ऊर्जा र फोहोर व्यवस्थापन क्षेत्रमा अष्ट्रेलियाली रक्षा बलका धेरै प्रहरी एकाइहरू सामेल भएका छन्। ट्रोटर मार्च २८ मा हराएको रिपोर्ट गरिएको थियो।

डिटेक्टिभ सुपरिटेन्डेन्ट एन्ड्रयु म्यासिङ्घमले इलाका प्रहरीलाई खोजी कार्य धेरै ठूलो भएको बताएका छन्।

‘हामीले क्रमशः ३ हजार टन फोहोर व्यवस्थापन गर्नुपर्छ।’ उनले भने, ‘जमिनबाट फोहोर हटाई उथले गल्लीहरूमा राखिनेछ। त्यसपछि प्रहरी र अष्ट्रेलियन डिफेन्स फोर्स (एडिएफ) का कर्मचारीहरूले हात र रेकहरू प्रयोग गरेर फोहोरमा म्यानुअल रूपमा ट्रोटरको खोजी गर्नेछन्।’

खोजी एक लामो प्रक्रिया हुने अपेक्षा गरिएको छ। अधिकारीहरूले प्रति दिन २०० टन फोहोर खोजतलास गर्ने बताइएको छ।अनुसन्धानकर्ताहरूलाई ट्रोटर बेपत्ता भएको दिन लगाएको लुगाका फोटोहरू दिइएको छ।

‘हामीले ट्रोटरको शव पाइन सक्ने सम्भावना रहेको क्षेत्रलाई चिनाउन केही प्रविधिहरू प्रयोग गर्न सक्षम भएका छौं’, डिटेक्टिव सुपरिटेन्डेन्ट म्यासिङ्घमले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?